९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

अछामका डीएसपीको सरुवा, नारायण डाँगीलाई जिम्मेवारी

 बुधबार, असार ८ २०७९  

काठमाडौं । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत डीएसपी रविराज थपलियालाई फिर्ता गरिएको छ । प्रहरी प्रधान कार्यालयले थपलियालाई फिर्ता बोलाएर नारायण डाँगीलाई अछामको प्रहरी प्रमुखमा सरुवा गरेको छ ।

डीएसपी डाँगी प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए । थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । पञ्चदेवल बिनायक नगरपालिका–४ मा विनोद शाहीको मृत्युपछि अछाममा तनाव सिर्जना भएको थियो ।

शाहीको शव २१ जेठमा जंगलमा भेटिएको थियो । परिवारले सो नगरपालिकाका मेयर लगायतका आरोपी विरुद्ध किटानी जाहेरी दिएका छन् । घटनाबारे केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै