१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

२२ वर्षकी युवतीको जागिर : पोर्न हेरेबापत् घण्टाको २५ सय !

 बिहिबार, असार ९ २०७९  

काठमाडौं । स्कटल्याण्डकी २२ वर्षीया युवतीले अनौठो जागिर पाएकी छन् । काममा उनले हरेक दिन पोर्न हेर्नुपर्ने छ । उनले पोर्न हेरेपछि यसबारे अनुसन्धान गर्नुपर्नेछ र कम्पनीलाई राम्रो पोर्न बनाउनका लागि सल्लाह सुझावसमेत दिनुपर्नेछ ।

युवतीलाई हरेक घण्टा २० डलर (२५ सय रुपैयाँ) भुक्तानी गरिनेछ । यी महिलाले पोर्न साइट बेड–बाइबिलका लागि काम गर्नेछिन् । कम्पनीको आधिकारिक ट्वीटर ह्यान्डलबाट यसबारे जानकारी दिइएको छ ।

यो जागिरका लागि ९० हजारले आवेदन दिएका छन्

बेड—बाइबलमा पोर्न रिसर्च हेडको पदका लागि ९० हजारभन्दा बढीले आवेदन दिएका छन् । यसका लागि संसारभरबाट आवेदनहरू आएका थिए । तीमध्ये २२ वर्षीया रेबेका डिक्सन पनि एक थिइन् । अत्यधिक प्रतिस्पर्धापश्चात् यो कामका लागि रेबेका छनोट भएकी हुन् । सुरुमा उनलाई बेडबाइबलमा सबैभन्दा धेरै पटक हेरिएका १०० वटा पोर्न हेर्नका लागि दिइन्छ ।

रेबेकाले भनिन्, ‘यो संसारको सबैभन्दा राम्रो काम’

‘न्यूयोर्क पोस्ट’ ले रेबेकाको अन्तरवार्ता लिएको छ । जसमा रेबेकाले पोर्न रिसर्च हेडको कामलाई विश्वकै उत्कृष्ट काम भनेकी छन् । उनले यसबारे कुरा गर्दै भनिन्, ‘म खुल्ला विचारकी केटी हुँ, केही नयाँ काम गर्नका लागि मलाई कुनै आपत्ति छैन । यो भिन्न प्रकारको काम हो । यसका विभिन्न चुनौतीका लागि तयार छु ।’

सेक्स पोजिसन र आवाजलाई पनि ध्यान दिनुपर्नेछ

कामका बेला रेबेकाले पोर्न भिडियोलाई निकै सुक्ष्म ढङ्गले केलाउनुपर्नेछ । उनले पोर्नको आवाज र त्यसमा काम गर्ने महिला र पुरुषको आँकडा पनि जम्मा गर्नुपर्नेछ । साथै उनले सेक्स पोजिसनबारे पनि जानकारी जम्मा गरेर त्यसबारे रिपोर्ट लेख्नुपर्नेछ ।

 

प्रतिक्रिया सबै