zoom download for laptop windows 8 zoom download for windows download. zoom free download aplikasi zoom cloud meeting untuk laptop zoom download webinar registration list download registrants zoom
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

टर्की कुखुरामा बर्डफ्लु देखियो

 बिहिबार, असार ९ २०७९  

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिकामा बर्डफ्लु देखिएको छ । वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालेका टर्की कुखुरामा बर्डफ्लु देखिएको हो ।

प्रदेश पशुपंक्षी निर्देशनालयका अनुसार बर्डफ्लु देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक वैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ । प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि आरआरटी (रिभ्यु रेस्क्यू टिम) पठाइसकिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।

बर्डफ्लु पुष्टि भएको कुखुरा फर्म आसपासको क्षेत्रमा स्यानिटाइज गर्ने निर्णय पनि वैठकले गरेको छ । बाक्लो वस्ती भएकाले त्रास फैलन सक्ने भन्दै राति आठ बजेपछि मात्रै पंक्षी नष्ट गर्न टोलीलाई निर्देशन दिएको पशुपंक्षी निर्देशनालय कर्णाली प्रदेशका निमित्त प्रमुख मोहन गिरीले बताए ।

 

प्रतिक्रिया सबै