९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

जसपाको विवाद समाधन गर्न उपेन्द्र यादवलाई ध्यानाकर्षण

 बिहिबार, असार ९ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई १० प्लस १ राष्ट्रिय समितिले ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

सो समितिले पार्टीभित्र देखिएको समस्या समाधान र आगामी रणनीति बनाउन भन्दै केन्द्रिय पदाधिकारी संघीय परिषद अध्यक्ष बाबुराम, पार्टी अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष अशोक राईबिच समस्या समाधान गर्न तत्काल केन्द्रिय कार्यकारी वा केन्द्रिय समितिको बैठक बोलाउन माग गरिएको छ ।

केन्द्रिय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ र पार्टी कार्यलय प्रमुख प्रकाश अधिकार लाईसमेत पहल गर्न सो समितिले सुझाएको छ ।

शुक्रबार पार्टीका वरिष्ठ नेता अशोक राई, पार्टी केन्द्रिय कार्यकारिणी समिति गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह लगायतलाई पनि भेट्ने सो समितिले जनाएको छ ।

सो समितिले यस अघि संघीय मामिला सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ , कृषि तथा पशुपंक्षी बिकाश मन्त्री महेन्द्र राय यादव ,भौतिक पुर्वाधार मन्त्री रेणु यादव, बन तथा बाताबरण मन्त्री रामसाय यादव मन्त्रीहरुसंग पार्टी भित्र भएको समसामयिक विषयलाइ नेतृत्वहरुसंग छलफल गर्नका लागि ध्यानाकर्षण गराई सकेका छन् ।

ध्यानाकर्षण बुझ्ने क्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी भित्रको समस्याको बिसयमा १ सय १ राष्ट्रिय समितिले चालेको कदम र माग यथोचित रहेको तत्काल समस्या समाधानका लागी आफु लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया सबै