९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

पेट्रोलियम पदार्थमा २६ रुपैयाँ कर छुट गर्न शेखर कोइरालाको माग

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर छुट गर्न सरकारलाई आग्रह गरेका छन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पुर्वाधार कर १०, सडक मर्मत कर ४ र भंसार र प्रज्ञापन शुल्क २५.२३ को आधा १२.६२ गरि जम्मा २६.६२ प्रति लिटर नलिने निर्णय गर्न आग्रह गरेका हुन् ।

उनले सामाजिक संजाल फेसबुकमा जनतालाई महंगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदासम्म प्रतिलिटर २६.६२ रुपैयाँ नलिने निर्णय गर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया सबै