८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

एमालेका जिल्ला नेता रतनबहादुरलाई कारबाही गर्न सिफारिस

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको जिल्ला सचिवालय बैठकले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

सचिव डेजी पाण्डेका अनुसार जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्नेछ ।

३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा थापाले एमालेका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोलेको जस्ता आरोप लगाउँदै जिल्ला इन्चार्ज नारदमुनी रानाले ५ असारमा २३ बुँदे स्पष्टीकरण सोधेका थिए ।

एमाले कैलालीले तीन दिनको समय दिएर सोधिएको स्पष्टीकरणको उनले जवाफ समेत नफर्काएपछि साधारण सदस्य समेत नरहने गरी कारवाही सिफारिस गरिएको जनाएको छ । एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापा गत पुसमा सम्पन्न जिल्ला अधिवेशनबाट अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले हराउँदै अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया सबै