११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

ललितपुर महानगरले सत्यमोहन जोशी एकेडेमी स्थापना गर्ने

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने घोषणा गरेको छ ।

महानगरपालिकाले शुक्रबार नीति तथा बजेट प्रस्तुत गर्दै महानगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा गरेको हो ।

नागरिकलाई नैतिकवान स्वावलम्बी एवम् असल समाज र असल चरित्र निर्माण गर्न महानरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बौद्ध परियति शिक्षालाई ऐच्छिक पाठ्यक्रमका रुपमा समावेश गर्ने नीति लिने जनाएको छ ।

ललितपुर महानगरपालिकाले नीति तथा बजेट मार्फत एक वडा एक सामुदायिक सिकाई केन्द्र स्थापना गर्ने, नगर स्तरीय आवधिक शिक्षा योजना निर्माण गर्ने, कक्षा ८ सम्म नेपाल भाषाको पाठ्यक्रम÷पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।

प्रतिक्रिया सबै