९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।

नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको बताइन् । यो कुल बजेटको २० प्रतिशत हो ।

त्यस्तै महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया सबै