१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, थप ४३ जना संक्रमित

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना निको भएका छन् भने हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १७७ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

यस्तै कोरोनाका १ जना विरामीको भेन्टिलेटरमा उपचार भइरको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०९ पुगेको छ ।

यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३५६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया सबै