९ फाल्गुन २०८०, बुधबार Wednesday 21 February, 2024

लुम्ले र जुमलेटीमा भारी वर्षा, बाढीको जोखिम

 आइतवार, असार १२ २०७९  

काठमाडौँ । मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । शनिबार राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको छ ।

आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम बाहेकका प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि आकलन गरिएको छ ।

प्रतिक्रिया सबै