९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

चन्द्रगिरीको जंगल हराएका तीन जना विदेशी नागरिकको उद्दार

 आइतवार, असार १२ २०७९  

काठमाडौं । राजधानीका चन्द्रागिरीको जंगलबाट तीन जना विदेशी नागरिकको उद्दार गरिएको छ । घुम्नका लागि पुगेका विदेशी नागरिकहरु बाटो भुलेर जंगलमा फसेका थिए ।

थानकोटबाट करिब ७ किलोमिटर माथि जङ्गलस्थित थानकोट–चित्लाङ सडकखण्डको १०० मिटर तल भिरमा फसेको अवस्थामा प्रहरी प्रभाव थानकोटको टोलीले उनीहरुलाई भेटाएको हो । सानेपास्थित प्रहरी प्रभागमा यसबारे सूचना आएपछि प्रहरी बृत्त थानकोटबाट तत्कालै प्रहरी उद्दारकर्मीहरु परिचालन गरिएको थियो ।

शनिबार साँझ आएको सो खबरपछि आवश्यक टर्च, डोरी, स्ट्रेचर लगायतका सामाग्रीसहित १० जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता उमेशराज मैनालीले बताए ।

उनीहरुलाई रेस्क्यु रोपलगायतको प्रयोग गरी सुरक्षित साथ उद्दार गरी रातिनै साथीहरुको जिम्मा लगाइएको छ । उद्धार भएकाहरुमा अमेरकी नागरिक डग्लस रो तथा भारतीय नागरिक नवप्रित डिलोन र माधव गुप्ता रहेका छन् ।

प्रतिक्रिया सबै