सेयर बजारमा सुधार

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९४ अंकको सुधार आएको छ ।
कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै उच्च अंकको वृद्धिसँगै बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ ।
यसक्रममा आज कारोबार रकम पनि उल्लेख मात्रामा बढेको छ । आज नेप्सेमा २ अर्ब १९ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसक्रममा ६३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । यसअघि २ घन्टा मात्रै कारोबारमा आएको नेप्सेमा गत साताको शुक्रबार १३ अंकले बढेको थियो ।
त्यसक्रममा नेप्सेमा ३५ लाख ४१ हजार कित्ता सेयर किनबेच भइ १ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन, आजको कारोबार रकमको तुलनामा १ अर्ब ४ करोड रुपैयाँले कम हो ।
आजको कारोबार रकमभन्दा त्यसअघि साताका ५ कारोबार दिनमा भने नेप्से परिसूचक घटेको थियो । नेप्सेमा झण्डै १०० अंकको उछाल आएको दिन सबै समूहमा सुधार आएको छ ।