१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

 सोमवार, असार १३ २०७९  

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।

नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो । समूह बीका तीन खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल युएईसँगको खेल वर्षाले रोकिएपछि फाइनलमा पुग्न सकेन् ।

पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रोमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएको हो । समूह चरणमा राम्रो प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा युएईसँगको खेल वर्षाका कारण गुमाउन पुग्यो ।

अस्मिना कर्मचार्यको उत्कृष्ट ५ विकेटसहितको बलिङले नेपालले युएईलाई रोकेको थियो । यससँगै नेपालले २०२३ मा हुने एसियन कपमा भाग लिने अवसर गुमाएको छ ।

प्रतिक्रिया सबै