८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

लिफ्ट मागेर चढेका ३ जनाद्वारा गाउँपालिका कर्मचारीमाथि बाँधेर कुटपिट, गाडी नै लुटियो

 सोमवार, असार १३ २०७९  

काठमाडौं । डडेल्धुराको आलीताल गाउँपालिकाका एक कर्मचारीमाथि कुटपिट भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ बुढीतोलामा आलीताल गाउँपालिकाका कर्मचारी लोकेन्द्र सिंह भण्डारी बाँधिएको अवस्थामा सोमबार भेटिएका हुन् ।

अध्यक्ष शेरसिंह पार्कीका अनुसार घर कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीबाट भण्डारी आफ्नै कारमा कार्यालय गइरहेका थिए ।

‘सेल्फी खिचौँ’ भनेर कारबाट बाहिर बोलाएर अज्ञात समूहले आक्रमण गरेको छ, चक्कु पनि प्रहार भएको सुनिएको छ,’ अध्यक्ष पार्कीले कार लगेर भागेको बताए ।

कर्मचारी भण्डारी हात, खुट्टा बाँधेको अवस्थामा भेटिएको उनले बताए । अहिले उनलाई उपचारका लागि अत्तरियाको पदमा अस्पतालमा ल्याइएको छ । भण्डारी आलीताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।

प्रतिक्रिया सबै