९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

ग्लोबल बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना

 सोमवार, असार १३ २०७९  

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाँउपालिका स्थित सानागाँउ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका–७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञहरूले ७५७ जना महिलाहरूलाई स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रुपमा उपलब्ध गराएका छन् । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका-नगरपालिकाको समन्वयमा बैंकले यी स्वास्थ्य शिविरहरू आयोजना गरेको होे ।

शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका १ जना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका ६ जना बिरामी पहिचान गरिएका छन्, जसलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

यसअघि बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा सातवटा शिविर सञ्चालन गरेको थियो । बैंकले यो आर्थिक वर्षमा देशभर १४ वटा शिविर सञ्चालन गरेको छ, जसबाट देशका ग्रामीण तथा अर्धशहरी क्षेत्रका १ हजार ६६० महिलाहरू लाभान्वित भएका छन् ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउनने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५२ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानेडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।

प्रतिक्रिया सबै