राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित
सोमवार, असार १३ २०७९

काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।
असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि पारित गरेको हो ।
प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने विनियोजन विधेयक पारित हुँदा बैठक बहिष्कार गरेका थिए ।
प्रतिक्रिया
सबै