१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

मोबाइल चार्ज क्रममा करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु

 सोमवार, असार १३ २०७९  

कठमाडौँ। मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा भानु नगरपालिका–९ निवासी ४५ वर्षीय तारा थापा रहेकी छन् ।

मोबाइल चार्ज गर्ने क्रममा प्लक (टुपिन) बाट करेन्ट लाग्दा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सख्त घाइते भएकी महिलाको उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । मृतक महिलाको शव अहिले दमौली अस्पतालको शवगृहमा राखिएको छ ।सांकेतिक तस्वीर

प्रतिक्रिया सबै