११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

भाइरसहरु पानीभित्र तिनदिन सम्म जीवित रहन्छ !

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । भाइरसहरू प्लास्टिकमा टाँसिएर स्वच्छ पानीमा करिब तीन दिनसम्म जीवित रहन सक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

पखाला वा पेट खराब गराउने भाइरस माइक्रोप्लास्टिकसँग टाँसिएर पानीमा बाँच्न सक्षम भएको विज्ञहरूले बताएका छन् ।

‘हामीले पत्ता लगायौं कि भाइरसहरू माइक्रोप्लास्टिकम टाँसिन सक्छन् र यसले तिनीहरूलाई तीन दिन र सम्भवतः लामो समयसम्म बाँच्न अनुमति दिन्छ’, स्टर्लिङ विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर रिचर्ड क्विलियमले भने ।

पानीमा माइक्रोप्लास्टिक्समा पाइने भाइरस संक्रामक छ कि छैन भनेर जान्न मानक प्रयोगशाला विधिहरू प्रयोग गरिएको थियो । ‘हामीले वातावरणमा प्लास्टिकमा टाँसिएर भाइरसहरू राम्रोसँग बाँच्न सक्छन् भन्ने निश्चित थिएनौं । तर तिनीहरू बाँच्छन् र संक्रामक रहन्छन्’ क्विलियमले भने ।

सो अध्ययन ‘इन्भारोमेन्टल पोलुसनु जर्नलमा प्रकाशित छ । अध्ययनले माइक्रोप्लास्टिक्सले वातावरणमा रोग सर्ने जनाएको छ ।

प्रतिक्रिया सबै