why is my pcr test taking so long zoom app speaker settings download zoom to desktop why is my second monitor zoomed in windows 11 download zoom m1 zoom cloud free download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

विराटनगरमा बाढीका कारण २५ परिवार विस्थापित

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ ।

मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।

सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।

प्रतिक्रिया सबै