९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

नेप्से परिसूचक ११.८२ अंकले गिरावट

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ ।

मंगलबार नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर १ अर्ब ५ करोड ८२ लाख २४ हजार ४७२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया सबै