९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

 बुधबार, असार १५ २०७९  

काठमाडौँ । आज पनि देशभर वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

‘पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ ।

प्रतिक्रिया सबै