९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

एन्फा अध्यक्ष नेम्वाङलाई कतारको बधाई

 बुधबार, असार १५ २०७९  

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कतार फुटबल संघ क्युएफएले बधाई दिएको छ ।

क्युएफए र एफएफसीका उपाध्यक्ष रहेका साउद अल मोहनादीले मंगलबार एन्फा अध्यक्ष नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएका हुन् । ६ असारमा भएको एन्फाको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पारजित गर्दै नेम्वाङ नयाँ अध्यक्ष बनेका थिए ।

मंगलबारै फिफाले पनि नेम्वाङलाई बधाई दिएको थियो । बधाई दिने क्रममा कतारले एन्फासँगको बलियो सम्बन्धलाई निरन्तरता दिँदै अघि बढ्ने बताएको छ ।

कतारले नेपालको फुटबल विकासका सहयोग पनि गर्दै आएको छ । जसमध्ये मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी पनि हुन् ।

 

प्रतिक्रिया सबै