८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

प्रहरीको ठेक्कामा ८० करोड कमिसन चलखेलको दाबी

 बुधबार, असार १५ २०७९  

काठमाडौं । नेपाल प्रहरीको काभ्रेमा बन्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने ठेक्कामा ८० करोड कमिसनको चलखेल भएको सम्बद्ध कम्पनीले दाबी गरेको छ ।

भारतको सरकारी कम्पनीसमेत ३ वटालाई मुल्याङ्कनको चरणमै अयोग्य बनाई सार्वजनिक खरिद ऐन, २०६३ तथा बजार प्रतिस्पर्धा ऐनविपरीत ठेक्का दिएको आरोप लगाइएको छ ।

भारतीय कम्पनी अहलुवालिया कन्स्ट्रक्सन प्रा.लि. भारत र नेपालको रोशन कन्स्ट्रक्सन संयुक्त भेन्चर एसिआइएल–आरसिपिएल जेभीलाई एकल योग्य बनाई ठेक्का दिएको खुलासा भएको छ । कानून विपरीत ठेक्का दिएको भन्दै नेपाल प्रहरी, परामर्शदाता सीपीडब्लुडी भारतका इञ्जिनियर नागाप्रसाद र अहित रायविरुद्ध युपीआरएनइल–शर्मा जेभी, गायत्री–अमर जेभी, गिरीधरलाल–अनक गरी तीन ठेकेदार कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भारतीय दूतावासमा उजुरी दिने तयारी भएको छ ।

परामर्शदाता सीपीडब्लुडीका इञ्जिनियर नागा प्रसाद र अहित रायलाई मात्र यस परियोजनाको वास्तविक लागत इस्टिमेटको जानकारी थियो । सो लागत एसिआइएल–आरसिपिएल जेभीलाई लिक गरी मात्र ०.४३ प्रतिशत कम कोत गरी ठेक्का दिएको आरोप छ । यस ठेक्कामा १ अर्ब सम्म कम टेन्डर गरिएको छ ।

नेपाल प्रहरीको काभ्रेमा बन्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने ठेक्काको लागि युपीआरएनइल–शर्मा जेभी, गायत्री–अमर जेभी, गिरीधरलाल–अनमा र अहलुवालिया ठेक्काको बोल कबोल गरेका थिए । तर अहलुवालियाका र रोशन कन्स्ट्रक्सनले कमिसनकै सेटिडमा प्रक्रियामै सामेल नगरी एकलौटी ठेक्का हात पर्ने दाउले ८० करोड कमिसन दिएर ठेक्का दिएको युपीआरएनइल शर्मा जेभी, गायत्री अमर जेभी, गिरीधरलाल अनकले आरोप लगाएका छन् । ठेकेदार कम्पनीहरुले सिपीडब्लुडी कम्पनीले ४० करोड र नेपाल प्रहरीलाई ४० करोड दिएर गोप्य सहमति गरी ठेक्का लिएको युपीआरएनइल शर्माले दाबी गरेको छ ।

 

 

 

 

प्रतिक्रिया सबै