४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले ‘घण्टी’ चिन्ह नपाउने

 बुधबार, असार १५ २०७९  

काठमाडौं । असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ ।

पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ ।

२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ । पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् । निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन ।

राष्ट्रवादी दल अन्य कुनै दलमा मर्ज भएर १ वर्ष बितेको र अर्कै चुनाव चिन्ह लिएको अवस्थामा मात्र सो चिन्ह पाउन सक्ने आयोगको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीको नामको विरोधमा परेको २ उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ ।

 

प्रतिक्रिया सबै