१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

कांग्रेसका उपसभापति धनराज चढेको गाडी सडकबाट चिप्लेर खोल्सामा

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

उपसभापति गुरुङ चढेको गाडी रामेछापको गोगनेमा अचानक सडक किनारबाट तल झर्न लाग्दा ढुंगाको ओत लागेर दुर्घटना हुनबाट जोगिएको हो ।

गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कारपियो सडकबाट चिप्लेर खोल्सामा झर्न लाग्दा अगाडि ढुंगाको ओत लाग्न पुगेकोले ठुलो घटना हुनबाट जोगिएको उपसभापति गुरुङले बताएका छन् । उक्त गाडीमा यात्रारत सबै सकुसल रहेको गुरुङले जनाएका छन् । उनी ओखलढुंगाबाट काठमाडौं फर्किँदै गर्दा सडक किनारबाट तल पुगेको गाडी ढुंगाको ओट लागेकाले जोगिएको थियो ।

प्रतिक्रिया सबै