१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

बागमतीका मुख्यमन्त्रीविरुद्ध माओवादी र काँग्रेसको हस्ताक्षर अभियान

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेविरुद्ध हस्ताक्षर अभियान सुरु भएको छ । कांग्रेस र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

गत ७ असोजमा भएको सहमति अनुसार पाण्डेले मुख्यमन्त्रीबाट हट्न नमानेपछि आवश्यक परेको खण्डमा प्रयोग गर्नेगरी हस्ताक्षर संकलन सुरु भएको एक प्रदेशसभा सदस्यले बताए ।

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका पाण्डेले आधा कार्यकाल र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले आधा कार्यकाल चलाउने गरी सहमति भएको थियो ।

बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेट पास गरेको छ । यसअघि बजेट पास हुनेबित्तिकै मुख्यमन्त्री परिवर्तन हुने नेताहरुले बताएका थिए ।

११ कात्तिक ०७८ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले करिब ८ महिना सरकार चलाइसकेका छन्। सरकारले आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी अघि बढाइरहँदा अब पुग नपुग ५ महिना कार्यकाल बाँकी छ ।

प्रतिक्रिया सबै