८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

आयोगले सरकारसँग माग्यो विद्युतीय मतदान मेसिन

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भए साउन मसान्तभित्र उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभामा प्रयोग गर्ने भए आफूहरुले भनेजस्तो मेसिन साउनभित्र उपलब्ध गराइदिन आयोगले आग्रग गरेको छ ।

निर्वाचन आयोगले विद्युतीय मतदानका विषयमा अध्ययन गर्न एक अध्ययन समिति बनाएको थियो । उक्त समितिले विद्युतीय मतदान यन्त्र प्रयोगको विषयमा सुझावसहितको प्रतिवेदन निर्णय गर्न र कार्यान्वयनका लागि गृह मन्लय मार्फत मन्त्रिपरिषदमा पठाएको हो ।

प्रतिक्रिया सबै