२६ बैशाख २०८१, बुधबार Wednesday 8 May, 2024

राजेन्द्र श्रेष्ठबाहेक अन्य मन्त्रीलाई फिर्ता बोलाउने उपेन्द्र यादवको तयारी

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । सहमतिमै विभाजनको तयारी भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भएका छन् ।

बाबुराम भट्टराईतिर जान लागेका सांसदलाई समेत समेटेर उनले नयाँ मन्त्रीहरू सरकारमा पठाउन लागेका हुन् । जसपा स्रोतका अुनसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबाहेक अन्य तीनजना मन्त्रीहरु फिर्ता बोलाउने तयारी छ ।

फिर्ता हुनेमा कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव छन् । यीमध्ये महिन्द्र राय बाबुरामसँग जाने तयारी छ । उनको उपेन्द्र यादवसँग लामो समयदेखि विवाद छ ।

फिर्ता हुन लागेका रामसहाय यादव पनि उपेन्द्रका विश्वासपात्र हुन् । नयाँ मन्त्रीमा इस्तियाक राई र प्रदीप यादवको नाम निश्चित रहेको र अर्का एकजनाको टुंगो लाग्न बाँकी रहेको जसपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया सबै