९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

युक्रेनको स्नेक टापुमा हमला : १७ जनाको मृत्यु, ३० घाइते

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । आफैले गरेको निर्णय विपरित चौबीस घण्टा नबित्दै रुसले युक्रेनको स्नेक टापुमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त हमलामा १७ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।

शुक्रबार बिहान ओडेसाको ब्ल्याक सी बन्दरगाह सहर नजिकैको नौ तले अपार्टमेन्ट भवन र रिसोर्टमा हमला भएको अलजजिराले जनाएको छ । एकदिन अघि मात्रै रुसले स्नेक टापुबाट आफ्ना सेनाहरू फिर्ता गरेको घोषणा गरेको थियो ।

रुसको रक्षा मन्त्रालयले युक्रेनको बन्दरगाहबाट खाद्यान्न निर्यात पुनः सुरु गर्न मस्कोको समर्थन छ भन्ने देखाउन ‘सद्भावनाको संकेत’ स्वरुप ब्ल्याक सीको स्नेक टापुबाट आफ्ना सेना फिर्ता भएको घोषणा गरेको बिहीबार विज्ञप्ति जारी गरेको थियो ।

मस्कोले बिहीबार लुहान्स्क प्रान्तको अन्तिम भाग युक्रेनको गढ मानिने लिसिचान्स्क कब्जा गर्न दबाब जारी राखेको छ । रुसका पृथकतावादीका निकटहरूले रुसी सेना सहरमा प्रवेश गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया सबै