zoom download recording api zoom interview download mural zoom app download zoom recording to computer why is my audio not working on zoom windows 10
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

बर्दियामा निउरो टिप्न गएका हेमराजको गोली लागेर मृत्यु

 शुक्रबार, असार १७ २०७९  

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली लागेर मृत्यु भएको हो ।

अज्ञात व्यक्तिले चलाएको भनिएको गोली उनको दायाँ खुट्टामा लागेको थियो । गोली लागेपछि गम्भीर घाइते भएका उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिए ।

गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको उपरीक्षक सुवेदीले बताए । मृत्तकको शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।सांकेतिक तस्वीर

प्रतिक्रिया सबै