८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज चौथो सुनुवाइ

 आइतवार, असार १९ २०७९  

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ ।

यसअघि, सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा हेर्दाहेर्दैमा राखिएको सो मुद्दा कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा आज चौथोपटक सुनुवाइ हुन लागेको हो ।

आईजीपी विवादबारे सुनुवाइ संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा भइसकेको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया सबै