८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

निर्वाचनमा भएको अन्तरघात छानबिन गर्न एमालेले बनायो समिति, संयोजक विष्णु पौडेल

 आइतवार, असार १९ २०७९  

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तरघातको छानविनको लागि उपाध्यक्ष विष्णु पौडेल संयोजक रहेको तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भएको अन्तरघात छानबिनका लागि उपाध्यक्ष विष्णु पौडेल संयोजक रहेको तीन सदस्यीय छानबिन समिति बनाएको हो ।

बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले निर्वाचनका क्रममा देखिएको अनुशासनहीन अवस्थाको छानबिनका लागि समिति बनाइएको बताए । ‘स्थानीय निर्वाचनको समीक्षा गरिरहँदा असार महिनाभित्र देशका सबै जिल्ला कमिटीबाट समीक्षा रिपोर्ट पठाइसक्ने कुरा भएको छ । निर्वाचनका क्रममा केही समस्या देखिएका थिए। पार्टीमा अनुशासनहीनता पनि देखिएका थिए’, उनले भने ।

उनले निर्वाचनमा क्रममा भएका अन्तरघात र अनुशासनहीनताको छानबिनका लागि पौडेल नेतृत्वमा समिति बनेको बताए । ‘स्थानीय निर्वाचनमा भएका अनुशासनहीन गतिविधिबारे पार्टीमा कयौँ उजुरी परेका छन् । ती उजुरीको पनि छानबिनका लागि विष्णु पौडेलको नेतृत्वमा समिति बनाइएको छु । समितिमा केन्द्रीय निर्वाचन विभाग प्रमुख विजय सुब्बा र केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारी सदस्य रहनु भएको छ ।’

प्रतिक्रिया सबै