११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

अछामको मंगलसेन निषेधित क्षेत्र घोषणा

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । अछामको मंगलसेनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

विनोद शाही मृत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय अछामले मंगलसेनलाई अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

घटनाको विषयमा भएको प्रदर्शनका क्रममा सरकारी कार्यालयमा तोडफोड भएको र दैनिक कामकाजमा समेत अवरोध भएकोले निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ ।

मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत, सरकारी वकिल कार्यालय बैरागी धारा बस काउन्टर, मंगलसेन नगरपालिक र कृषि ज्ञान केन्द्रको आसपासको क्षेत्रमा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

गत स्थानीय तह निर्वाचनपछि अछामको पञ्चदेवल विनायक नगरपालिका—४ का विनोद शाही मृत भेटिएपछि मंगलसेनमा लामो समयदेखि तनाव हुँदै आएको छ ।

आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सोमबार पनि मृतकका आफन्तले प्रदर्शन गरेका थिए । त्यसक्रममा मंगलसेन क्षेत्रमा तनाव बनेको थियो ।

प्रतिक्रिया सबै