९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

जनार्दन शर्मालाई महासचिव बनाउने माओवादीको तयारी !

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिव पदमा वर्षमान पुन र जनार्दन शर्माबीच मिलेर जाने सहमति भएको बताइएको छ । मंगलबारको स्थायी कमिटी वैठकमा वर्षमानले मिलेर जान आफु तयार रहेको बताएका हुन् ।

सोही वैठकमा नेता पुनको भनाई उद्धृत गर्दै ती नेताले भने,“पार्टी यसरी बन्दैन । मिलाएर जानुपर्छ । मेरो पनि दाबी महासचिवमा हो तर निकास दिनका लागि अध्यक्षले निर्णय लिनुपर्छ ।”

जनार्दनले भने महासचिवको दाबी मात्रै गरेका थिए भने अरुलाई समर्थन गरेका थिएनन् । दुई नेताबीच सहमति नभएमा तेस्रो व्यक्ति महासचिव बन्ने सम्भावना थियो ।

जनार्दन महासचिव भएमा वर्षमान उपाध्यक्ष बन्नेछन् । अहिले माओवादी विधानमा ५ उपाध्यक्ष पद कायम गरिएको छ । यो संख्या बढ्ने सम्भावना छ । अर्थ मन्त्रालय पनि खालि भएकाले उनलाई त्यहाँ पठाउन सक्ने एक नेताले बताए । अर्थ कांग्रेसले लिएमा अर्को महत्वपूर्ण मन्त्रालय पुनलाई दिने तयारी भएको छ ।

आज बस्ने केन्द्रीय कमिटिको बैठकमा पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याउन सक्ने बताइएको छ ।

प्रतिक्रिया सबै