९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

बाजुराको बुढीगंगामा मध्यान्हसम्म ४५ प्रतिशत भोट खस्यो

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान जारी छ । अहिले १२ बजेसम्म झण्डै ४५ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

कुल १३ हजार ६५९ मतमध्ये १२ बजेसम्म ६ हजार १३५ मत खसेको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए ।

वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्च अदालतले पुनः निर्वाचन गर्ने फैसला गरेसँगै आज मतदान भइरहेको हो ।

आज बाक्लो सुरक्षा घेराभित्र मतदान भइरहेको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया सबै