११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

बुढीगंगा निर्वाचनमा दुई पक्षबीच झडप, प्रहरीद्धारा हवाई फायर

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ । विवाद भएपछि प्रहरीले गोली नै चलाएको छ ।

सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएको थियो । विवाद बढेपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको हो, अहिले शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।’ उनका अनुसार घटनापछि केहीबेर रोकिएको मतदान १२:३५ देखि पुनः सुरु भएको छ ।

आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया सबै