८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार २७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

प्रतिक्रिया सबै