९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

प्रचण्डलाई ओलीको प्रश्न : जनयुद्धमा यतिका मान्छे किन मारिए ?

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले ‘जनयुद्धका नाममा हतियार उठाउनुको कारण र यतिका मान्छे किन मारिएको ?’ भन्दै फेरि प्रश्न उठाएका छन् । एमाले नेता छविलाल कार्कीको १२ औँ स्मृति सभालाई शुक्रबार सम्बोधनका क्रममा अध्यक्ष ओलीले माओवादीले के का लागि हतियार उठाएको थियो ? अहिले पनि बोलिरहेको बताए ।

‘माओवादीले केका लागि हतियार उठाएको हो ? भनेर मैले पहिलेदेखि नै सोध्दै आएको छन् । अहिले पनि मैले त्यसको जवाफ पाएको छैन। माओवादीले भनेको सशस्त्र जनयुद्धका नाममा एमाले र कांग्रेसका कार्यकर्ता मात्रै मारिए ?’, उनले भने ।

‘मैले त्यसबेला देखि बोल्दै आएको छन् । प्रचण्डले आजको कुरा सुनेर उत्तर दिए हुन्छ । कार्यकर्ता त कम्युनिष्ट र कांग्रेस सबै मारिएका थिए । पेरुमा कम्युनिष्ट आन्दोलन हुँदा ३५ हजार कम्युनिष्ट कार्यकर्ता मारे। अनि आफू पनि गिरफ्तार भए । नेपालमा पनि यतिका मान्छे मारिए तर किन हो उत्तर पाएको छैन’, उनले भने ।

उनले ३५ हजार कम्युनिष्ट कार्यकर्ताको ज्यान लिएपछि पेरुको साइनिङ पथका नेता गोन्जालेल ३० वर्ष जेलमा बसेर मरेको पनि सुनाए । ‘पेरुमा देश बनाउँछु भन्ने ३५ हजार कम्युनिष्ट कार्यकर्ता मारिएका थिए। जम्मा ६० हजार मारिएकोमा सेना प्रहरी र माओवादी २५ हजार थिए । त्यहाँका प्रचण्डहरूले ३५ हजार कम्युनिष्ट मारे। यहाँका प्रचण्डहरूले सेना प्रहरीसँगै हाम्रा साथीहरु पनि मारेm कांग्रेसका कार्यकर्ताहरु पनि मारिए । तर आजसम्म यसको उत्तर पाएको छैन’, उनले भने ।

प्रतिक्रिया सबै