८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

प्रचण्डद्वारा जापानी पूर्वप्रधानमन्त्री आवेको निधनप्रति दुःख व्यक्त

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले आवेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

आवे अर्थशास्त्र र सुरक्षा क्षेत्रको रूपान्तरणमा एसियाली महादेशका प्रेरणादायी नेता भएको उनले बताएका छन् ।

अध्यक्ष प्रचण्डले अवे आफ्नो र नेपालको निकै नजिकको साथी रहेको पनि उल्लेख गरेका छन् । उनले आवेप्रति श्रद्धाञ्जली दिँदै परिवार तथा जापानी जनतामा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया सबै