९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

७ सय ५३ पालिकामा रोजगार सहायक पदमा दरखास्त आह्वान

 शनिबार, असार २५ २०७९  

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमले ७ सय ५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार सहायक पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

हरेक गाउँपालिका र नगरपालिकामा खुला प्रतिस्पर्धाबाट करारमा एकरएक जना रोजगार सहायक पदका लागि विज्ञापन गरिएको छ ।

सूचना अनुसार स्थानीय सेवाको सहायक पाँचौँ तहमा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमले निकालेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया सबै