११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

माओवादीको बैठकमा पदाधिकारी चयनबारे छलफल

 शनिबार, असार २५ २०७९  

काठमाडौं । नेकप माओवादी केन्द्रको स्थायी सिमिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भइरहेको छ । केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगाइपछि आज पहिलो बैठक बसेको हो ।

आइतबार सुरु भएर बिहीबार सकिएको माओवादीको केन्द्रीय सिमिति बैठकले ४१ सदस्यीय स्थायी समिति सदस्य चयन गरेको थियो ।

आजको बैठकमा पदाधिकारी चयनका विषयमासमेत छलफल हुँदैछ । यस्तै केन्द्रीय सिमिति बैठकको समीक्षा गर्ने र पोलिष्ट ब्युरो चयनका क्रममा देखिएका असन्तुष्टिबारे पनि छलफल हुने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया सबै