८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

माओवादी केन्द्रको पदाधिकारी चयन कहिले हुन्छ ?

 शनिबार, असार २५ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी १०/१५ दिनमा पदाधिकारी चयन प्रक्रिया ट्ग्याउने भएको छ । प्रवक्ता कृष्णबहादुर महराले आगामी १०/१५ दिनमा पदाधिकारी चयन प्रक्रिया टुंगिने बताएका हुन् ।

केन्द्रीय कमिटी बैठकपछि बसेको पहिलो स्थायी कमिटी बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै महराले भने, ‘पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी बाँकी छ। १०/१५ दिनमा सकिन्छ,’ महराले भने, ‘पदाधिकारीसहित सबै टुंगिन्छ।’

गत २३ असारमा बसेको केन्द्रीय कमिटी बैठकले नै पदाधिकारीसहित स्थायी कमिटी र पदाधिकारी चयन गर्ने भनिएको थियो । तर, पोलिटब्युरो चयनमा नै पार्टी अध्यक्ष प्रचण्डले नाम छुटाएको भन्दै असन्तुष्टि बढेपछि विवाद भएको थियो ।

प्रचण्डले २ वटा लिस्ट झिकेर केन्द्रीय कमिटीमा पढेपछि बढेको विवाद मिलाउन १ घन्टा बैठक स्थगित गरेका थिए । त्यही बैठकले नेकपाकालीन स्थायी कमिटीका सदस्यहरुलाई स्वतः हुने निर्णय गरेको थियो । गत पुसमा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि आज पहिलोपटक स्थायी कमिटीको बैठक बसेको हो ।

माओवादी विधानमा ४१ सदस्यीय स्थायी कमिटी हुने व्यवस्था छ । १५ जना बाहेकका अन्य सदस्यहरु टुंग्याउन प्रचण्डले केहीदिन समय मागेका छन् ।

प्रतिक्रिया सबै