११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

‘यमवुद्धको शालिक मेरो तलबबाट बनाउँछु’

 शनिबार, असार २५ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत र्‍याप गायक यमवुद्धको शालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् ।

काठमाडौं महानगरपालिकाको बजेटबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका छन् ।

महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने जानकारी दिएका हुन् ।

स्थानीय तहका पदाधिकारीले प्रदेश कानुन अनुसार सेवा सुविधा पाउने व्यवस्था छ । बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिकाका मेयरको मासिक सुविधा ४२ हजार रूपैयाँ तोकिएको छ । यसबाहेक सञ्चार सुविधामा मेयरले मासिक ३ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया सबै