८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

मुस्लिम समुदायले आज बकर ईद मनाउँदै, सार्वजनिक विदा

 आइतवार, असार २६ २०७९  

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज देशभर मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि हो ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्छ । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।

मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । बकर ईदका अवसरमा आज सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिममा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छन् ।

उनले ईद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेका छन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अज्हा (बकर ईद) को शुभकामना दिएका छन् । उपराष्ट्रपति पुनले मुस्लिम धर्मालम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् ।

प्रतिक्रिया सबै