श्रीलंकाका प्रधानमन्त्री विक्रम सिंघेको घरमा आगजनी
आइतवार, असार २६ २०७९

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रम सिंघेको घरमा प्रदर्शनीकारीले आगो लगाएका छन् । गएराति उनको निजी निवासमा आगो लगाइएका हो ।
उनको निजी निवास कोलम्बो ७ इलाकामा छ । यो सहरको सबैभन्दा हाइप्रोफाइल इलाकामध्ये एक हो। शुक्रबार साँझसम्म विक्रमसिंघे, उनकी पत्नी र सन्तान त्यहीँ रहेको बताइएको छ ।
राति भने उनको परिवार र कर्मचारी एक सुरक्षित ठाउँमा सारिएको थियो । घर पूरै जलेर खरानी भएको छ। प्रदर्शनकारीले घरमा रहेका सवारी साधन पनि जलाइदिएका छन् ।
प्रहरी र सैनिक तैनाथ भएपनि उनीहरू भीड रोक्न असफल रहे। शनिबार दिउँसो राष्ट्रपतिको घर तोडफोड गरिएको थियो ।
प्रतिक्रिया
सबै