१९ बैशाख २०८१, बुधबार Wednesday 1 May, 2024

चिनियाँ नेता बालुवाटारमा

 आइतवार, असार २६ २०७९  

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्रीमा शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । लिउ जियानचाओ प्रधानमन्त्री देउवालाई भेट्न आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

देउवा र जियानचाओबीचको भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवासँगको भेटपछि जियानचाओले परराष्ट्र मन्त्री डा नारायण खड्कालाई भेट्ने कार्यक्रम छ ।

प्रधानमनत्रीसँगको भेटपछि चिनियाँ नेता जियानचाओले परराष्ट्रमन्त्री नारयण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ । परराष्ट्रमन्त्री खड्काले जियानचाओको सम्मानमा होटल मेरियटमा रात्रीभोज आयोजना गरेका छन् ।

गत जुनमा सीपीसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका छन् । उनले नेपाल आउनुअघि नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री खड्कासँग भर्चुअल संवाद गरेका थिए ।

भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी बुधबार बिहान चीन फर्किने छन् ।

प्रतिक्रिया सबै