११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् ९ वटा सम्भावित कार्यसूची

 सोमवार, असार २७ २०७९  

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नौ वटा सम्भावित कार्यसूची राखिएको छ।

संसद् सचिवालयकाअनुसार अनुसार आज गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्नेछन्।

त्यस्तै, उनले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले ‘रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘औषधी (तेस्रो संशोधन) विधेयक २०७९ छलफल तथा पारितका लागि पेश गर्नेछन्।

 

प्रतिक्रिया सबै