१२ श्रावण २०८१, शनिबार Saturday 27 July, 2024

देशका लागि यो सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ : अध्यक्ष ओली

 सोमवार, असार २७ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार मृत भइसकेको टिप्पणी गरेका छन् ।

काठमाडौँमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यो सरकारलाई अब धेरै बोकेर हिँडिरहनु उपयुक्त नहुने तर्क गरे ।

चुनावअघि सरकार परिवर्तन गर्नुपर्ने आशय व्यक्त उनले यो सरकारको विकल्प भने अघि नसरेको पनि बताए । ‘यो सरकार निष्प्राण र डेड भइसक्यो । देशका लागि मृत भइसक्यो । सतीदेवीलाई शिवले काँधमा बोकेर हिँड्दाजस्तो बोकेर हिँड्नु आवश्यक छैन । शिवले बोकेर हिँड्दा सतीदेवी त बाँचिनन् भने यस्तो गठबन्धन बोकेर के अर्थ ?’

उनले थपे, ‘यो सरकारका प्रत्येक अंग झर्दै जान्छन् । अस्ति एउटा अंग फत्र्याक्क झर्‍यो अब अरू अंग पनि झर्छन् । तर, भ्रष्टाचारी अंग झरेर पीठ बन्छ ? जहाँ यसका अंग झर्छन् त्यो ठाउँ रुखो हुन्छ । यसले हैजा फैलाउँछ ।’ यो परमादेशी सरकारको अब कुनै अर्थ नभएको भन्दै आफ्नो पार्टी सकेसम्म सहमतिको बाटोमा जान चाहेको उनले बताए ।

यो पनि

सरकारको गतिविधि हेर्दा नेपालको आर्थिक स्थिति श्रीलंकाको जस्तो हुन सक्छ : ओली


प्रतिक्रिया सबै