१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

जसपा विवाद : पार्टी फुटको हल्ला र वास्तविकता

दलमर्दन कामी ,केन्द्रीय सदस्य, जसपा नेपाल
 सोमवार, असार २७ २०७९  

जनता समाजवादी पार्टी (जसपा) नेपालका आम नेता कार्यकर्ता कुनै पनि हालतमा यतिवेला पार्टी फुटको पक्षमा छैनन । बरु अहिले पार्टीभित्र देखिएको सबै प्रकारका वादविवादलाई अन्त्य गरेर संसदीय निर्वाचनमा भाग लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले जस्ता पार्टीलाई हराउँदै सत्तामा पुगेर पार्टीले उठाएको मुल मुद्दा संघीयता, शुशासन, समृद्धि र समाजवादसहित समुन्नत समाजवादको दिशानिर्देश गर्नुपर्ने दृढता लिएका छन् ।

पार्टी फुटको हल्ला, नेतृत्वमा एकाअर्काबीच सम्वादहिनताको अबस्थामा पार्टी प्रमुख अङ्ग १०ं१ राष्ट्रिय समितिले नेतृत्वसंग प्रत्यक्ष भेट गरि ध्यानाकर्षण गराउदै पार्टी फुट्नु हुन्न भनेर बारम्बार छलफल चलाइयो तर, कुनै सुनवाइ भएन ।पार्टीभित्र कुनै पनि तहका नेताकार्यकर्ताबीच पार्टी फुट्नुहुन्न भन्ने कामना हुदाहुदै तपाई बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राइको व्यक्ति स्वार्थमा पार्टी फुट्नु हुन्न न यो मुद्दामा केन्द्रित छ न सिद्धान्त कुनै भिन्नता न मतभेद अनि तपाइँको व्यक्ति स्वार्थमा होकि भन्ने आम नेताकार्यकर्ताको संका छ ।

मैले मात्रै हैन बाबुराम भट्टराई उपेन्द्र यादव अशोक राई नेपाली उत्पीडित जनताको न्याय अधिकार समनता र समतामूलक समाज निर्माण बिकाश र समृद्धिका नक्षेत्र खम्बा हुन । जसले हिमाल पहाड र मधेसको प्रतिनिधित्व गर्दै आएकाछ्न । नेपाली राजनीतिमा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोककुमार राई तिनैजना नेता अहिलेसम्म भएका सबै पार्टी र तिनका नेतृत्वहरु नस्लिय अहंकारबाट मुक्त भइ उत्पीडित जनतालाई एकताबद्ध गराएर समाजमा भएको सबै प्रकारको विभेद दमन उत्पीडन अन्याय अत्याचार बहिष्कार र बहिस्करणको अन्त्य गर्दै समानता, सामाजिक न्याय देशको बिकाश र समृद्धिको लागि लाग्ने उत्पीडित समुदाय र उत्पीडक बर्गका सचेत र अग्रगामी र रुपान्तरित नेतृत्वमा पर्दछ्न भने बैकल्पिक शक्ति निर्माणकार्यमा लामबद्द असल नेता हुन भन्ने म लगायत आम नेपाली उत्पीडित जनताको बुझाइ हो । यीनै तीन नेता बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोककुमार राईहरुको एकतापुर्ण संघर्ष नै आजको आवश्यकता हो ।

पार्टी फुटेको संघारमा अहिले चलेको हल्ला बाबूराम आत्मारतिमा भुल्ने मनोरोगी उपेन्द्र यादव क्षेत्रीयतावादी, अशोक राई ढुलमुले दाउपेजवादी भनेर हिलो क्षेपाक्षेप गरेर एकाअर्काबीच फाटोको अबस्थामा पुगेको छ । के यो यथार्थ हो त ? यो कदापि होइन र उनै तीन नेताको पार्टी अलग गर्ने नियती हुँदै होईन ।

वास्तमा पार्टी फुटको सिर्जना यी तीन नेताका किचन क्याबिनेटका कारण भएको हो । जसपा सिङ्गो पार्टीको रूपमा रहँदा आफ्नो अवसर नआउने आफुलाइ भाग तत्काल केही नपाउने छट्पटीले गर्दा पार्टी फुटाएर भए पनि केही न केही अवसर लिन खोज्ने अवसरवादी मनसायबाट प्रेरित भएको देखिन्छ । त्यसका लागि बाबुराम भट्टराई उपेन्द्र यादवलाई प्रयोग गर्न खोजेको देखिएको छ ।

देशको आवश्यकता देशको मुहार झल्कने नेतृत्वहरुमा हिमाल, पहाड़, तराई, महिला,शिल्पी, दलित एकतावद्ध भएको नेतृत्वसहित बनेको जसपा आम उत्पीडित शिल्पी, दलित, महिला, मुस्लिम, अल्पसंख्यक, सीमान्तकृत आदिवासी जनजाति खस/आर्य लगायतका वर्ग, जाती, क्षेत्र र समुदायको समानान्तर समान हैसियतमा राष्ट्रिय राजनीतिको मूल धारमा चौथो शक्तिको रूपमा निर्माणधिन पार्टीको आगामी कार्यदिशा बनाएर समानुपातिक समावेशीता शुशासन, समृद्धि पहिचान सहितको संघीयता सर्वजातीय समाजवादको बाटोमा अघि बढनु पर्ने तीब्र इच्छा आशा उदेश्य र लक्ष्य र कार्यदिशाको पर्खाइमा छ्न ।

तर, त्यसको ठिक बिपरित पार्टीका तीन शिर्ष नेतृत्व बाबुराम भट्टराई उपेन्द्र यादव अशोक राई एकले अर्कोलाई बेवास्ता गर्दै कसको शक्ति कति भनेर पाखुरा सुर्किनु केटाकेटीपन देखाउँदै पार्टी विभाजनको तयारी सम्म पुग्दा आम नेताकार्यकर्तामा अपमान हो । भने जनताको चाहाना देशको आवश्यकता पहिचान लोकतन्त्र । संघीयता, गणतंत्र, समावेशीताको मुद्दानै धरापमा पर्ने छ भन्ने आम नेताकार्यकर्ताको बुझाइ हो ।

हरेक संसदीय व्यवस्था लोकतान्त्रिक मुलुकमा राजनीति पार्टीले उठाएको माग र मुद्दा लिएर जनतामाझ पुग्ने र जनताको मतले त्यसलाई अनुमोदन गरेको सत्तामा पुर्याउने र तिनको नेतृत्वले गर्ने कार्यले देश र जनताका आगामी दिनको भाग्य र भबिस्य निर्धारण गर्ने काम गर्दछ । करिब नेपालको सत्तरी पचहत्तर बर्षमा अनेकन राजनीति परिवर्तन आयो । सत्ता फेरबदल भए । तर शासन पद्धति उहीँ रह्यो दुई सय पचास बर्से जहानिय सत्ता परिवर्तन भयो सरकार र साशक फेरि तर शासन र प्रवृत्ति फेरिएन । जसको कारण दलित बनाईएका शिल्पी लगायतका उत्पीडितको न्याय र मुक्तिको कुरा दिवा सपना भए । यसको मुल कारण भनेको हरेक राजनीति पार्टीमा एकलौटी एकजातीय एक क्षेत्रीय एक भाषा, एक धार्मिकको बर्चस्व रह्यो जो नेपाली समाजमा उत्पीडकको रूपमा रहेको छ ।

नेपाल बहुराष्ट्रिय बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र क्षेत्रीय विविधतायुक्त हिमाल, पहाड, मधेस, भित्री मधेस मिलेर बनेको अत्यन्तै सुन्दर समाज र रमणीय भूगोलको छ । यसलाई यथास्थितिबाट रुपान्तरण गरेर अझ विकसित बनाउनु हरेक पार्टी संगठन र तिनको नेतृत्वको जिम्मेवारी हो । यसलाई आत्मसात नगर्नु नगराउनु अहिलेसम्मका नेतृत्व तहका शिर्ष व्यक्तिको अक्षमताको पराकाष्ठा हो ।

जसपा, पार्टीभित्र आएको समस्या केही राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति स्वार्थको हात रहेको जस्तो पनि देखिन्छ । त्यसमा अझै मलजल गर्ने काम शिर्षनेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईका नजीक रहेका उनका बोलवाला अर्थात किचन क्याबिनेटका भन्नेहरूको चरम स्वार्थ घुर्क्याई थर्क्याइ लोभ्याइबाट प्रभावित समस्या पनि एक हो । यो झन्झन् बढनेक्रम जारी छ । तिनीहरुमा तत्काल पद र प्रतिष्ठा मान सम्मान पाइहालुम भन्ने हत्तारो छटपटाहट देखिन्छ ।

जसमध्ये पर्शुराम खापुङ्ग प्रदेश १ का प्रमुख र नवराज सुवेदी साउदी अरबका राजदुत बनिसकेका छन् । अरुलाई पनि हतार र हतास भएको प्रष्ट देखिन्छ । यो पनि अहिले पार्टी फुटेको संघारमा पुग्नुको प्रमुख जड समस्या हो भन्ने मेरो बुझाइ हो ।

यस्तै, जसपाभित्रको समस्या बढीभन्दाबढी पार्टी भित्रकै केहि स्वार्थमा लिप्त मानसिकताबाट ग्रसित मनोरोगी बाट भएको कारण हो यो समस्या बाहिरको थर्ड पर्सन मान्छे आएर मिलाउनु सक्ने देखिन्न । आन्तरिक समस्या आन्तरिक रूपमा नै बसेर समाधान गर्नुपर्दछ । यसमा प्रमुख नेतृत्व बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई नै जिम्मेवार हुनुपर्दछ । अरुलाइ दोष देखाएर कोही पन्छिने ठाउँ छैन र छुट कसैलाई हुन्न ।

पुर्व प्रधानमन्त्री समेत रहनु भएका बाबुराम भट्टराई, पुर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र पुर्वमन्त्री अशोक राई पहिचान अधिकार पुर्णसमानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्ने अभियान र आन्दोलनमा आम उत्पीडित जनता बिश्वास र भरोसाको केन्द्रविन्दु मूल नेतृत्व हुन यो बिसयलाइ नजरअन्दाज गरेर पछी हट्नु अत्यन्तै दुःखद हुदैछ । यसर्थ तत्काल बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईले आज नै अहिले नै वैठक स्थगित गरेर छिटो भन्दा छिटो केन्द्रीय समितिको अर्को बैठक बोलाउनु बुद्धिमानी हुन्छ यो आम नेताकार्यकर्ता र पार्टीका शुभचिन्तक शुभेच्छुकको चाहाना र देशको आवश्यकता पनि हो ।

बैकल्पिक शक्तिको कल्पना निर्माणको सपना बोकेर हिड्ने नेतृत्वले आफ्ना नजिकका सहकर्मीहरुको झिनामसिना स्वार्थमा पार्टी बिभाजनसम्म पुग्नु र पुर्याउनु त्यो असल नेतृत्वको सफल लक्षण होइन । पार्टीको समस्या धेरैभन्दा धेरै व्यक्ति स्वार्थ देखिएकाले तत्काल समाधान हुने नदेखिए पनि पार्टी भित्रको मुल समस्या पहिचान गरी समाधानका उपाय निकाल्ने गल्ती कमिकम्जोरी ढाकछोप गरेर अघि बढ्ने परिपाटीले पार्टी भित्रका यस्ता समस्या दोहोरी रहन्छ । यो कुरा तीन नेताले बुझेर तत्काल छलफल गरेर सहकार्यको नितिमा बाधिनु बैज्ञानिक हुनेछ ।

उत्पीडित जनताको अधिकारको बैकल्पिक शक्तिको रूपमा उदयमान जसपा तीन वर्ष बित्दा नबित्दै पार्टी फुटको अवस्थामा पुग्नु आम उत्पीडित माथिको धोका हो । यसलाई मध्यनजर गरेर जसपा नेपाल एक सय एक राष्ट्रिय समितिको विशेष सक्रियतामा तीन नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राइलाई पटकपटक भेटी सहकार्य र एकतामा रहनु भन्ने ध्यानाकर्षण गराइ केन्द्रीय कार्यकारी र जसपाको तर्फबाट बनेका मन्त्रीलाई समेत ध्यानाकर्षण गराइएको थियो ।

त्यसको प्रभावमा पार्टी अध्यक्ष उपेन्द्र यादवले असार २९ र ३० गते वीरगञ्जमा बोलाइएका हुन तत्पश्चात डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, राजकिशोर यादव गंगा श्रेष्ठ समूहले फेरि असार २८ र २९ गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । यसले आम नेता कार्यकर्तालाई भ्रम बनाएको छ । कता लाग्ने ? को गलत ? कुन बिसयमा किन यस्तो अबस्था सृजना भयो ? जस्ता प्रश्न त छँदै छ । अब कता लाग्ने भन्ने अन्योल हुनु स्वाभाविक हो । तर, त्योभन्दा धेरै जसपा नेतृत्वले बुझ्नुपर्ने कुरा नम्रता, धैर्यता, लगनशीलता समझदारी सहकार्य र एकतमानै बल र शक्ति मिल्छ भन्ने कुरा खड्कीएको पाइयो यो सबैभन्दा गलत हो । उत्पीडित जनताको अधिकारको बैकल्पिक शक्तिको रूपमा उदयमान जसपा तीन वर्ष बित्दा नबित्दै पार्टी फुटेको अबस्थामा पुग्नु आम उत्पीडित माथिको धोका हो ।

दलमर्दन कामी ,केन्द्रीय सदस्य, जसपा नेपाल

प्रतिक्रिया सबै