बाल यौन दुराचार मुद्दाका फरार अभियुक्त पक्राउ
सोमवार, असार २७ २०७९

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाँकेले बाल यौन दुराचार मुद्दाका एक जना फरार अभियुक्तलाई आज (सोमबार) पक्राउ गरेको छ ।
डडुवा गाउँपालिका–४ का ३३ वर्षीय अनीश नाउलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
नाउलाई २०७८ कार्तिक ३० गते बाँके जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा ३ महिना ८ दिन कैद सजायको फैसला गरेको र हालसम्म उनी फरार रहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । आजै नै निजलाई अदालत पेस गरिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया
सबै